साताको तस्वीर : तीजले तात्यो बुर्तिवाङ, कम्मर भाँचीभाँची नाँचे दिदी बहिनी !

शव्द/चित्र : झरना कँडेल,

बुर्तिवाङ २०७५ भदौ १८ । त्यसो त महिलाहरुलाई तीजको रौनकताले केहि दिन पहिले देखीनै दस्तक दिई सकेको थियो, बुर्तिवाङ बजारमा आईतवार श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा नारी शक्ति बुर्तिवाङको आयोजना तथा ढोरपाटन नगरपालिकाको सहआयोजनामा तीज विशेष कार्यक्रमको विधिवत शुभारम्भ गरिएपछी बुर्तिवाङ बजार तीजी कार्यक्रमले ह्वात्तै नृत्यमय बन्न पुग्यो ।

कार्यक्रमका प्रमुख अतिथी ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले जसै तीज विशेष कार्यक्रमको उद्घाटन गरे महिलाहरु प्रफुल्लित बनेर आफ्ना नृत्यकला प्रदर्शन गर्न लालायित भएको देखियो । नारी शक्तिकी संयोजक समाजिक अभियन्ता गण्डकी थापा अधिकारी, ढोरपाटन नगरपालिकाकी नगर उपप्रमुख करमती पुनमगर, नगरप्रमुख नेपालीकी धर्मपत्नी छेला नेपाली लगायत सयौँ सम्मानित महिला दिदीबहिनीहरुले तीजी कार्यक्रममा शिरकत देखाएपछी कार्यक्रमको माहौल एक्कासी उल्लासमय बनेको हो ।

केहि वर्ष देखी बुर्तिवाङ बजारमा महिलाहरुको महानपर्व हरितालिका तीजका अवसरमा यस प्रकारका कार्यक्रमहरुले निरन्तरता पाईरहेको छ । घरघरबाट महिला दिदीबहिनीहरु स्वत:स्फूर्तरुपमा सहभागी बनेर तीजी कार्यक्रमलाई अतिनै रसमय, संगीतमय, उल्लासमय वातावरणमा मनाउने सिलसिलालाई जारी राखेका छन् ।

प्रस्तुत छ, तीजी कार्यक्रमका केहि झलकहरु-

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *