खर्वाङमा तीज गीत तथा दरखाने कार्यक्रम सम्पन्न : महिला हिंसा विरुद्ध आवाज उठाउन आग्रह !

हेम विश्वकर्मा, खर्वाङ २०७५ भदौ १७ । सँगम महिला आमा समुह बडिगाड २ खर्वाङको तिज गित तथा दरखाने कार्यक्रम सम्पन्न भएको छ । दरखाने कार्यक्रमको उद्घाटन समारोहलाइ सम्बोधन गर्दै प्रमुख अतिथि बडिगाड उँपालिका २ की वडा अध्यक्ष हिमा खरेलले दिनदाहाडै महिलामाथि भइरहेको बलात्कार हत्या हिँसा जस्ता अत्याचारलाइ महिला शक्ति एकिकृत भएर अन्त्य गर्नु पर्ने बताईन्।

कृष्ण जन्माष्टमीको अबसर पारी आमा समुहले यस्तो किसिमको कार्यक्रम राख्दा आफु निकै खुसी भएको उनले बताईन। यसरी सबै दिदी बहिनी एकै ठाउँमा भेट हुन पाउँदा सँकृतिको जगेर्ना हुनुको साथै आत्मियता बढ्ने समेत उनको भनाई थियो । कार्यक्रममा महिला तथा बालबिकास ससक्तिकरण केन्द्र बडिगाडकी अध्यक्ष बिना थापाले पनि बोलेकी थिईन।

कार्यक्रममा साबिक ६ ,७ ,८ र ९ का आमा समुहका वडा अध्यक्ष , बजार ब्यबस्थापन समिति अध्यक्ष टँक बुढाथोकी , सामुदायिक वन उपभोक्ता महासँघ गण्डकी प्रदेश सदश्य दिप्लोमा खरेल , डुडेवाचौर सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष मन बहादुर थापा ,जेष्ठ महिला सदश्य मनिकर्णा पौडेल , देबकला थापा , रूबी अर्याल , सुमित्रा पुरी लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रम आमा समुहकी अध्यक्ष मुमा काउचाको अध्यक्षता , सारदा जिसी को स्वागत मन्तब्य तथा कोषाध्यक्ष गिता पोख्रेल को संञ्चालन मा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *