भगवान श्रीकृष्ण ज्ञानयोग, भक्तियोग र कर्मयोगका प्रणेता भएकाले श्रीकृष्ण जन्माष्टमीको हिन्दु धर्ममा विशेष स्थान

बागलुङ २०७५ भदौ १७ । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) बागलुङ शाखाको आयोजनामा बागलुङ बजारमा आयोजित धार्मिक अनुष्ठान जारी रहेको छ । दिउसो साढे तीन बजे देखी प्रारम्भ गरिएको कार्यक्रमको प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले एक समारोका वीच पानसमा दीप प्रज्ज्वलन गरी समुद्घाटन गरेका थिए । समुद्घाटन कार्यक्रमको अध्यक्षता परेमेश्वर अच्यूतदास (प्रदीप भण्डारी) ले गरेका थिए ।

स्थानीय अमृत आदर्श माबिको परिसरमा आयोजना गरिएका कार्यक्रममा इस्कोनका बागलुङ शाखा प्रमुख परमेश्वर अच्यूत दास (प्रदीप भण्डारी)ले धार्मिक प्रवचन दिई रहेका छन् । मौसमको प्रतिकुलताका बाबजूद पनि कार्यक्रम सन्चालन भैरहेको आयोजकको भनाई छ ।

आफ्नो उद्घाटन भाषणमा प्रमुख अतिथी प्रजिअ खरेलले भगवान श्रीकृष्ण ज्ञानयोग, भक्तियोग र कर्मयोगका प्रणेता भएकाले उहाँको हिन्दु धर्ममा विशेष स्थान रहेको उल्लेख गर्दै हिन्दु पन्चांग अनुसार भगवान श्री कृष्णको भाद्र शुक्ल अष्टमीको मध्यरात्रि जन्म भएकोले यसलाई श्रीकृष्ण जन्माष्टमी भनिएको र मध्यरात्रिलाई मोहरात्रि भनिने बताए ।

यस किसिमका धार्मिक अनुष्ठानहरुले आध्यात्मिक भावना जागृत गराई चिन्ता र लोभबाट मुक्त गराउनाले मानव जीवन सुखी र खुशी हुने विचार व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी खरेलले धार्मिक कार्यहरुले धर्म संस्कृतिको जगेर्ना गर्नुका साथै बसुदैव कुटुम्बकमको भावनाबाट एकापसमा दया र मायाँको भावना विकशित हुने बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी खरेलले भगवान श्रीकृष्णले कुरुक्षेत्र अर्जुनलाई भनेको गीताको सारबारे पनि प्रकाश पारेका थिए ।

कार्यक्रममा धार्मिक अनुष्ठानका कार्यक्रम जारी रहेका छन् । शाखा प्रमुख परमेश्वर अच्यूत दासले रात्रि बाह्र बजे पछी भगवान श्रीकृष्णको महाभिषेक लगायतका कार्यहरु सम्पन्न गरी कार्यक्रम समापन गरिने ईबागलुङलाई बताए । कार्यक्रमस्थलमा श्रद्धालुहरु उत्साहबर्धक सहभागिता रहेकोले आयोजकमा प्रशन्नता व्याप्त देखिएको छ ।

तस्वीर- सहकर्मी अर्जुन ढकाल

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *