श्रीकृष्ण जन्माष्टमी मेलाको नगरप्रमुख नेपालीव्दारा उद्घाटन : नारीको सम्मान सहित तीजको शुभकामना !

टिकाराम भट्टराई, बुर्तिबाङ २०७५ भदौ १७ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा नारी शक्ति बुर्तिबाङको आयोजना तथा ढोरपाटन नगरपालिकाको सह आयोजनामा ढोेरपाटन नगरपालिकाको वडा नम्वर १ बुर्तिबाङ बजारमा विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि तीज बिशेष कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी तथा ढोरपाटन नगरपालिकाका नगर प्रमुख देब कुमार नेपालीले कार्यक्रमको दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए । श्रीकृष्ण जन्माष्टमी कार्यक्रमले धर्म संस्कृतीको संरक्षण गर्न टेवा पुर्याउनुका साथै समाजमा शान्ति सुव्यवस्था कायम गर्न पनि प्रेरणा दिने बताउदै नेपालीले आफु पनि नारीकै पुत्र र एक नारीकै श्रीमान रहेकाले नारीलाई उच्च सम्मानका साथ तीजको शुभकामना समेत दिएका थिए । नेपालीले महिला दिदीबहिनीहरुलाई हरेक क्षेत्रहरुमा आफ्नो र नगरपालिकाको तर्फबाट हरदम सहयोग गर्ने समेत बताए ।

उक्त कार्यक्रममा राष्टिय कलाकारहरु शोभा त्रीपाठी, लोक गायक शिव हमाल, लोक गायिका शिलु भट्टराई, राजेन्द्र कंडेल, हास्य कलाकार उज्वल गिरी, सञ्चारकर्मी तथा नब गायिका मिनु बि सी लगायतको समेत प्रस्तुति रहेको थियो ।

कार्यक्रम संयोजक गण्डकी थापा अधिकारीको अध्यक्षता रहेका कार्यक्रममा ढोरपाटन नगरपालिकाकी उप प्रमुख करमति पुनको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन माया पाण्डे आचार्यले गरेकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *