आजको तस्वीर : हराउदै लाखे नाँचको रौनक !

बागलुङ २०७५ भदौ १७ । बागलुङको भदौरे नाँचमा जमाना देखी दर्शकहरुवीच निकै लोकप्रिय रहेको लाखे नाँचको आजको प्रदर्शनलाई धेरै कमले रुचाएको देखियो । बाद्यबाधक टोली र नृत्यमा सहभागी जोडीहरुको मात्र सहभागिता रहेको लाखे नाँचप्रति दर्शकहरुको आकर्षण देखिएन ।

यस भेगमै आकर्षणको केन्द्र रहेको लाखे नाँच पछिल्लो समय लाखे भएर नाँच्ने पाका सिपालु कलाकारको अभाव नै यस नृत्य प्रति आकर्षण घट्नुको मुख्य कारण रहेको स्थानीय बुढापाकाको भनाई रहेको छ । लाखे नाँचको संरक्षण एवं जगेर्ना भन्दा केवल पैसा उठाउन नाँच देखाउन तम्सिएकाले लाख नाँच प्रति आकर्षण घटेको धेरैको ठम्याई छ ।
प्रस्तुति: कुसुम थिङ, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *