अखिल छैठौं बागलुङको २३ औँ जिल्ला सम्मेलन गल्कोट काँडेबाँसमा गरिने !

बागलुङ २०७५ भदौ १७ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन छैठौं बागलुङको २३ औँ जिल्ला सम्मेलन गल्कोट नगरपालिकाको काडेबासमा हुने भएको छ । युनियनकोे आज बसेको बैठकले आउने असोज महिनाको ११ र १२ गते सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको हो ।

सर्वसुलभ र जनबादी शिक्षा प्राप्तीका लागि विद्यार्थी आन्दोलन, सामाजिक न्याय र समान शिक्षाको पक्षमा २३ औँ जिल्ला सम्मेलन मुल नारा तय गरि सम्मेलन सम्पन्न गर्न लागिएको प्रचार संयोजक बिमा जोल्मीले ईबागलुङलाई बताईन ।

युनियनका महासचिब भिमलाल पोखरेल प्रमुख अतिथीको रुपमा आउने छन् भने सम्मेलनमा करिब २५० प्रतिनिधि परिवेक्षक सहभागी हुने बताइएको छ । सम्मेलन सफल पार्न बिमा जोल्मिको संयोजकत्वमा ५१ सदस्यीय सम्मेलन प्रचारप्रसार समिति गठन गरिएको जनाईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *