अर्कैकी श्रीमतीको काखमा बडीगाडका एक वडाध्यक्ष भेट्टिए पछी, बुर्तिवाङमा सनसनी !

बुर्तिवाङ २०७५ भदौ १७ । बडीगाड गाउपालिका वडा नं ७ का वडाध्यक्षलाई ईलाका प्रहरी कार्यालय बुर्तिवाङले नियन्त्रणमा लिएको छ । बुर्तिवाङ बजारस्थित आफ्नो कोठामा श्रीमतीसंग आपत्तिजनक स्थितिमा भेट्टिएको भनी उनका श्रीमान मीन बहादुर सुनारले प्रहरी समक्ष उजुरी दिएपछी प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ओप्रकाश यादवको भनाई छ । घटनाबारे छानविन भैरहेको प्रहरीले जनाएको छ ।

बडीगाड गाउपालिकाका एकजना जनप्रतिनिधी यौन अपराधजन्य घटनामा संलग्न भएको रंगेहात फेलापरेपछी यस घटनाले निसीभूजी क्षेत्रमा सनसनी फैलिएको छ ।

श्रोतका अनुसार पीडित परिवार निसीखोला गाउपालिका १ हर्पे स्थायी घरभै बुर्तिवाङ बजारको रिभरहेडमा भाडाको कोठामा बस्दै आएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *