बुटवलमा कृष्ण जन्माष्टमीको चहल पहल (तस्वीर)

रिया बस्नेत, बुटवल २०७५ भदौ १७ । गवान कृष्णको श्रद्धापूर्वक पूजा आराधना गर्नाले गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ । मन्दिर जान नसकेका श्रद्धालुहरुले ब्रत बसी घरघरमा नै कृष्णको पादुका खडा गरेरपूजाआजा गरेका छन् । श्रद्धालुहरुले कृष्ण मन्दिर तथा आ आफ्ना टोलटोलमा भजनकीर्तन गरेर कृष्णको महिमा गाएका छन् ।

भगवान कृष्णले आफ्नै मामा कंसको बध गरेर अत्याचार र अन्याय गर्नेहरुको जित हुँदैन भन्ने देखाएका कारण हिन्दु धर्मावलम्बीहरुले कृष्ण जन्मिएको भाद्र कृष्ण अष्टमीको दिनलाई महत्वपूर्णपर्वका रुपमा मनाउँदै आएका छन् ।

आज विहानै देखि बुटवलका विभिन्न मन्दिरहरुमा कृष्ण अष्टमीको पुजा आराधान र भजनकीर्तन चलिरहेको छ । बुटवलको देवीनगरमा रहेको कृष्ण मन्दिर र सुख्खा नगरको कृष्ण मन्दिर लगायतका दर्जनौ मन्दिरमा यस्तो चहल पहल बढेको हो ।

यहाँ सुख्खा नगर कृष्ण मन्दिरमा देखिएको चहल पहलका तस्वीरहरु प्रस्तुत गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *