श्रीकृष्ण जन्माष्टमीको पावन दिनमा आयोजना गरिएको धार्मिक महोत्सवको तयारी पुरा !

बागलुङ २०७५ भदौ १७ । बागलुङ बजारमा श्रीकृष्ण जन्माष्टमी उत्सव अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) बागलुङ शाखाले भव्यताका साथ श्रीकृष्ण जन्माष्टमी महोत्सव मनाउँदै छ । वर्षेनी संस्थाले विश्वभरका मन्दिर तथा केन्द्रमा विभिन्न वैदिक उत्सवहरु मनाउँदै आएको छ । संस्थाले गत बर्ष जस्तै यस बर्षपनि बागलुङमा श्रीकृष्ण जन्माष्टमीको पावन दिनमा धार्मिक महोत्सव मनाउन लागेको जनाएको छ ।

गत वर्ष बालमन्दिरको प्राङगणमा मनाइएको श्रीकृष्ण जन्माष्टमीलाई यस बर्ष अमृत आदर्श उमाविको प्राङगण, बागलुङमा मनाउन लागिएको हो । श्रीकृष्ण जन्माष्टमी कार्यक्रमले धर्म संस्कृतीको संरक्षण गर्न टेवा पुर्याउनुका साथै समाजमा शान्ति सुव्यवस्था कायम गर्न पनि प्रेरणा दिने विश्वास गरिएको कार्यक्रम संयोजक विमल भण्डारीले बताए ।

गत वर्ष जस्तै प्राकृतिक प्रकोप पीडितलाई राहत संकलन गर्ने पनि संघले जनाएको छ । संघको यस्तो सामाजिक कार्यको गत वर्ष पनि स्थानीयवासीले प्रशंसा गरेका थिए । कार्यक्रमका प्रमुख विशेषताका रुपमा भगवान श्रीकृष्णलाई महाभिषेक, दीपदान, साँस्कृतिक प्रस्तुतिहरु, भजन कीर्तन, कन्सर्ट तथा प्रवचनहरु हुनेछन् । पुजाआजा विहानै देखि चलेपनि मूल समारोह दिउँसो ३ बजेबाट शुरु हुनेछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *