तमानखोलाका समाजसेवी बुढाद्वारा परमेश्वर प्राविलाई रू २५ हजार सहयोग !

देवेन्द्र पुन, तमानखोला बागलुङ २०७५ भदौ १७ । तमानखोला गाउँपालिका -१, पातिचौर कोट निवासी हर्कबहादुर बुढाले स्थानिय परमेश्वर प्रा बि लाई अक्षरुपी रू. २५ हजार रुपैया आर्थिक सहयोग गरेका छन।

क्लब, बन उपभोक्ता समिती, स्थानीय आमा समुहको बैठकको अवसर पारि उनले प्रा बि का प्रधानाध्यापक भविसरा घर्ती (बुढा) ,बिब्यस अध्यक्ष डम्बर बहादुर पुन र क्लबका अध्यक्ष भुमिराज घर्ती मगरलाई हस्तान्तरण गरेक हुन। त्यस्तै समाज सुधार युवा क्लबको ‘तीज बिशेष मेला २०७५’ लाई पनि अक्षरुपि रू २ हजार रुपैयाँ प्रदान गरेका छन् ।

सोही बैठकमा उनले तमानखोला गा.पा -१, कोटबाङ अवस्थित श्री बिद्या सागर प्राबिलाई पनि आर्थिक सहयोग गर्ने बताएका छन।

समाजमा हुने विभिन्न सामाजिक काममा दत्तचित्त भएर लाग्ने हर्कबहादुरकै अगुवाईमा पातिचौरमा सिउथानी कुल मन्दिर पनि निर्माण गरिएको छ। उनी बिगतका दिनहरूमा पनि स्थानिय क्लब संग रहेर थुप्रै सामाजिक कामहरु उनकै अगुवाईमा सप्पन्न भएका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *