सिवाईसी बचत तथा ऋण सहकारी सेवा केन्द्र खर्वाङको ९ औ बार्षिक साधारण सभा सम्पन्न !

हेम विश्वकर्मा, खर्वाङ २०७५ भदौ १६ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सेवा केन्द्र खर्वाङको ९ औ बार्षिक साधारण सभा खर्बाङमा सम्पन्न भएको छ ।

साधारण सभालाइ उदघाटन गर्दै बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिँह पाइजाले सिवाइसीको लक्षय निकै ठुलो भएको र अधिकांश सहकारीले बचत र ऋणको मात्रै कारोबार गर्ने गरेको भन्दै यसको साथसाथै कृषि, पर्यटन लगायतका क्षेत्रमा समेत सहकारीले लगानी गनुपर्नेमा उनले जोड दिए ।

आर्थिक सँग जोडिएका यस्ता सँघसँस्थाले धेरै ठाउँमा आर्थिक अनिमितता गरेको भन्दै पाइजाले यस सँस्थाले सबैसँग मित्रबत ढङ्गले आर्थिक कारोबारलाइ चुस्त दुरूस्त राख्नुपर्ने बताए । साथै उनले जनप्रतिनिधिहरुले स्थानिय तहबाट सेवा प्रवाहलाई सहज बनाउने कोशिस गरिरहेको बताए ।

कार्यक्रममा सिवाईसी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति सदस्य मेषलाल शर्मा, बडिगाड २ की कार्यवाहक वडा अध्यक्ष हिमा खरेल , नेकपाका ढालेन्द्र शेरचन , नेपाली काँग्रसका रत्न बहादुर क्षेत्री , राजमोका दोर्ण वन, सिवाइसी खर्वाङका परामर्स कार्यदलका सुदर्शन शाक्य , सिवाइसी बैँक तथा बित्तियसँस्थाका सुवास नेपाली , सेयर सदश्य बिष्णु भुजेल थापा , सिता खरेल लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । साधारण सभामा सस्थाको आर्थिक कारोबारको बिषयमा संस्थाका कोषाध्यक्ष हरिषचन्द्र खरेलले प्रस्तुत गरेका थिए ।

२०६६ सालमा स्थापना भएको संस्थाले २०७५ साल बैशाख २० गते खर्वाङ सेवा केन्द्र बिस्तार गरेको थियो । खर्वाङमा रहेर संस्थाले ३ सय ६५ दिने र सध्याकालिन काउण्टर सञ्चालन गरेको छ , संस्थाको सेयर सदस्यले जुनसुकै सेवा केन्द्र कार्यालय मार्फत बचत राख्न र झिक्न मिल्ने ब्यवस्था, रेमिटयान्सको सेवा, मोवाईल बैङकीङ सेवा दिईरहेको छ ।

कार्यक्रममा उत्कृष्ट बिभिन्न किसिमका बचतकर्ताहरूलाइ सम्मान गरिएको थियो । संस्थाको साधारण सभाको अवसरमा करिब ७ जना नयाँ सेयर सदस्य बनेका छन । उनिहरुलाई गाउँपालिका प्रमुख पाइजाले टिका लगाएर सम्मान प्रदान गरेका थिए । प्रमुख अतिथी समेत रहेका पाइजालाइ संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरिएको सहकारीले जनाएको छ ।

कार्यक्रममा बिभिन्न सांस्कृतिक प्रस्तुति समेत राखिएको थियो । कार्यक्रम सेवा केन्द्रका संयोजक धन बहादुर बुढाको अध्यक्षता र बेलु गिरीको सञ्चालनमा सम्पन्न भएको थियो । साधारण सभामा संस्थाका सञ्चालक समिति सदस्य, सेयर सदस्य, बिभिन्न कार्यलयका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

साथै बागलुङ जिल्लाभर केन्द्रिय कार्यालयसहित अन्य ७ वटै सेवाकेन्द्रमा एकै पटक कार्यक्रमको उद्घाटन गर्दे बिशेष कार्यक्रमसहित साधारण सभा सम्पन्न भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *