सिवाईसी बचत तथा ऋृण सहकारी संस्था विहुँको नवौं बार्षिक साधारण सभा सम्पन्न !

भरत सापकोटा बिहुँ २०७५ भदौ १६ । काँठेखोला गाउंपालिका वडा ५ बिहुँकोट पखरामा अवस्थि यस सिवाईसी बचत तथा ऋृण सहकारी संस्थाले छरिएर रहेको सानो सानो पुजिको संकलनगरी सबैलाई सबल बनाउने उदेश्यले स्थापित संस्थाले ११५ जनाको सेयरबाट सुरु गरिएकोमा हाल आएर ६१९ जना सेयर सदस्य रहेको र ५८ जना बालबचतकर्ता रहेको जानकारी गराईएको थियो ।

बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै यस बिहुँ सेवा केन्द्रकी प्रमुख गंगा देवी थापाले यसं संस्थाको कुल पुजि १ करोड १६ लाख ६४२ प्रस्तावित गरिएकोमा रु ७६२८२०० पुगेको बताउदै सबै सेयर सदस्यहरुलाई यसै संस्थाबाट करोबार गरि सेयेर पुजि बृद्धि गर्न दृढ भएर लाग्न अनुरोध गरिन् ।

त्यस्तै यसै संस्थाकी कोषाध्यक्ष तुलसीदेवी सुवेदीले आयब्यय विबरण प्रस्तुत गर्दै ०७४र०७५ को कुल छ अर्ब एक्काईस करोड तिस लाख नब्बे हजार सात सय चवालिस रुपैया बराबरको आर्थिक करोबार भएको बताउदै ०७३र७४को अन्त सम्ममा ६१६९४७४३२रुपैया रहेको कुल आम्दनि २९/८०प्रतिसतले बृद्धि भई यस आर्थिक बर्ष रु ८००७९२२६२ पुगेको छ भने कुल आम्दानि रु ९५४१३९२६र खर्च रु ६९७१८२८०भई संन्चालन नाफा रु २५, ६९,५,६४६ रहेको जानकारी गराईएको थियो।

सो कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि यसै संस्था की कोषाध्यक्ष बिंमला गुरुङ्ले महिलाहरु आत्मनिर्भर बन्न सहकारीको माध्यम बाटै सफल रहने बताउदै महिला तथा सेयर सदस्यहरु ब्यबसाक बन्न समेत सहकारी प्रेरित गर्ने भन्दै सबैलाई आफु सक्षम बनेमा सहंकारी लाई अझै बलियो बनाउन सकिन कथन थियो। सो संहकारी मा उत्कृयष्ठ बचतकर्ता सफल ऋणी उत्कृष्ट बालबचत साथै उत्कृष्ठ कार्यसंम्पन्न गर्ने कर्मचारीहरु सबैलाई सम्मान गरिएको थियो।

सो कार्यक्रममा गाउंकार्यपालिका सदस्य हेमलाल वि क वडा सदस्य खगिसरा न्यौपाने रेडक्रस सोसाईटी बाग्लुङ्का सभापति जब्बर बहादुर लामिछाने सुवेदार कृष्ण बहादुर पुन तोरण ध्वज मल्ल ठाकुर कडेंल भरत सापकोटा नारायण कडेंल लगाएतले बोलेको कार्यक्रमको संन्चालन सन्तोष पुनले गरेका थिए । सन्चालक समितिका संयोजक चुडामर्णि कडेंलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत पुर्व संयेजक उजेली न्युरेको रहेको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *