नबसृजना युवा क्लब द्वारा नरेन्द्र बचाउ अभियानमा संकलित ४ लाख १० हजार रुपैया हस्तान्तरण

पूर्ण भद्र निउरे ताराखोला २०७५ भदौ १६ । नबसृजना युवा क्लबले आज एक कार्यक्रमको आयोजना गरि नरेन्द्र घर्ती बचाउ अभियानमा संकलित रकम हस्तान्तरण गरेको छ । ए प्लास्टिक एनिनिया शरीरमा रगत उत्पादन नहुने रोग बाट ग्रसित ताराखोला ( ५ ताराका गितकार नरेन्द्र घर्तीको उपचारमा सहयोग पुर्याउने उदेश्यले नबसृजना युवा क्लबले एक महिना अगाडि देखि नरेन्द्र बचाउ अभियान संचालन गरेको थियो र उक्त अभियानलाई तत्कालीन वाईसिएल बागलुङले समन्वय गरेको थियो ।

अभियानको क्रममा देश तथा बिदेशबाट संकलित रकम ४ लाख १० हजार ५ सय १८ रुपैयाको चेक क्लबका अध्यक्ष पूर्णभद्र निउरे र तत्कालीन वाइसीएल बागलुङका इन्चार्ज नरेश के सिले संयुक्त रुपमा नरेन्द्र घर्तीकी जीवन सङ्गिनी शारदा घर्तीलाई हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा बोल्दै ताराखोला गाउँ पालिकाका अध्यक्ष प्रकाश घर्तीले नरेन्द्र घर्तीको उपचारमा सधाउने उदेश्यले क्लबले मानवीय सेवाको काममा चलाएको अभियानको प्रशंसा गर्दै ग्रामीण क्षेत्रमा स्थापित सबै क्लबहरु सामाजिक तथा मानवीय हितका कार्यक्रममा केन्द्रित हुनु पर्ने कुरामा जोड दिएका िथए ।

कार्यक्रममा नरेन्द्र घर्ती की जीवन सङ्गिनी शारदा घर्तीले नरेन्द्र घर्तीको हालको स्वास्थ स्थिति हाल सम्म प्राप्त भएको सहयोग रकम र अहिले सम्म उपचार खर्च भएको रकमको बारेमा जानकारी गराएकी थिईन।

कार्यक्रममा ताराखोला गाउपालिकाका राजनीतिक सल्लाहकार नरेश के सी , वडा न ५ का अध्यक्ष राम बहादुर रोका , महिला संजाल वडा न ४ का अध्यक्ष तुलमाया निउरे सहयोग दाता दर्पण मगर लगाएत ले मन्तव्य राखेका थिए । अभियानको क्रममा संकलित पहिलो चरणको रकम हस्तान्तरण गरिए पनि अभियान जारी रहेको क्लबका अध्यक्ष पूर्ण भद्र निउरेले बताए । सामाजिक संजालमा गरिएको अपिलको आधारमा वाईसीएल तारा प्रतीको सस्थागत माया , ब्यक्तिगत चिनजान तथा नरेन्द्र घर्ती प्रतीको सद्भावका कारण क्लबले चलाएको अभियानमा उल्लेख रकम संकलन भएको भन्दै देश बिदेशबाट सहयोग गर्नु हुने सहयोदाता प्रती क्लबले आभार तथा धन्यवाद व्यक्त गरेको छ।

कार्यक्रम नबसृजना युवा क्लबका अध्यक्ष पूर्णभद्र निउरेको अध्यक्षता उपाध्यक्ष धन बहादुर घर्तीको संचालन र कोषाध्यक्ष जि एम जितुको स्वागतमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *