हिलको देउराली युवा क्लबले तीजको अबसरमा पुरुष भलिबल प्रतियोगिता गर्ने

मन्दिप निउरे, तारखोला २०७५ भदौ १६ । महिलाहरुको महान पर्ब हरीतालीका तिजको शुभ अबसरमा ताराखोला गाउपालीका वाड नम्बर ३ हिलको देउराली युवा क्लबले कायक्रम गर्ने भएको छ ।

कायक्रम यही भाद्र २५ गते र २६ गते गर्न लागेको क्लबका अध्यक्ष दिपक खत्रीले बताए । कायक्रमहरु पुरुष भलिबल प्रतियोगिता ताराखोला गाउँपालीका वाड नम्बर ३ भित्रको साबिक वडाको मात्र हुने भएको छ ।

तीज गीत प्रतीयोगीता , एकल नृत्य प्रतियोगिता, कुर्सी दौड प्रतियोगिता, घैटो फोर प्रतियोगिताको आयोजना गरिएको देउराली युवा क्लबका सचिव रेम बहादुर थापाले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *