बुर्तिबाङमा अङ्ग्रेजी विषयका विषयगत शिक्षकहरु बिच अन्तरक्रिया सम्पन्न !

टिकाराम भट्टराई, बुर्तिबाङ २०७५ भदौ १५ । बुर्तिबाङमा आज अङ्ग्रेजी विषयका विषयगत शिक्षकहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्र् भएको छ । ढोरपाटन नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका सम्पुर्ण सामुदायि तथा निजी विद्यालयका कक्षा १ देखि कक्षा ५ सम्मका अङ्ग्रेजी विषयका विषयगत शिक्षकहरु बिच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

सोहि अवसरमा क्रियटिभ एडुटेन्मेन्ट र्वल्ड प्रा लि काठमाडौका बासुदेव तिवारीले किताबमा रहेका शब्दहरुको उच्चारण गर्ने एक उपकरणको बारेमा समेत जानकारी दिएका थिए । सो कार्यक्रममा कक्षा १ देखि कक्षा ५ सम्मका अङ्ग्रेजी विषयका विषयगत शिक्षकहरु बिच आ–आफ्नो अनुभव समेत आदान प्रदान गरेका थिए ।

ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेल, श्रोत व्यक्ति हरिचन पाण्डे, शाखा अधिकृत रामप्रसाद आचार्य, इन्जिनियर नारायण पौडेल लगायत नगरपालिका भित्रका सम्पुर्ण सामुदायिक तथा निजी विद्यालयका कक्षा १ देखि कक्षा ५ सम्मका अङ्ग्रेजी विषयका विषयगत शिक्षकहरुको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *