गजल : मानौ मुटु झिकी दिनुस् चपाई दिएर जान्छन् !

हाँस्दै जान्छन कोही मन दुखाई दिएर जान्छन् ।
कोही दुखेको मन्मा छुरा लगाई दिएर जान्छन्।।

कसैको भर नपर्नुहोस् है यो जमना खराव छ ।
मानौ मुटु झिकी दिनुस् चपाई दिएर जान्छन् ।।

यादहरुको अत्यासले भावविहल भाको वेला ।
कोहि आएर मुस्कानको दवाई दिएर जान्छन् ।।

केहि इत्ति दुिखत कुरा सुनाउनु त कसैलाई ।
मुखले कठै भन्छन् मनले वधाई दिएर जान्छन् ।।

आज भोली अर्ति वुद्धी भुलेर नि नदिए हुन्छ ।
भित्रभित्रै हाँस्छन् वोल्छन् उडाई दिएर जान्छन् ।।

एन.पि.घायल
कुस्मा पर्वत।
२०७५ भदौ १५ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *