बानपा ४ कुडुलेमा निलगिरी सहकारीबाट राहत प्रदान

बागलुङ २०७५ भदौ १४ । सुख र दुखमा सगसगै भन्ने अभियानका साथ निलगिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले राहत रकम प्रदान गरेको छ ।

सहकारी संस्थाले सामाजिक सुरक्षा कोष अन्र्तगत शेयर सदस्य डिल्लीप्रसाद आचार्यकी आमा देवकी आचार्यको निधन भएकोमा राहत प्रदान गरेको हो । संस्थाका पदाधिकारीहरुको टोलीले बानपा ४ कुड“ुले स्थित घरमै गएर राहत रकम हस्तान्तरण गर्नुका साथै शोक सभा गरेको छ । संस्थाका अध्यक्ष नारायण पौडेल लगाएत पदाधिकारीको एक टोलीले स्वर्गिय आचार्यका आफन्त भोलानाथ आचार्यलाई नगद पाच हजार रुपैय“ा राहत प्रदान गरेको छ ।

शेयर सदस्य तथा परिवारका सदस्यको निधन हुदा सहयोग गरिने कोषबाट संस्थाले शेयर सदस्य आचार्यको आमाको निधन प्रति शोक व्यक्त गर्दै परिवारलाई राहत रकम प्रदान गरेको छ ।

राहत हस्तान्तरण कार्यक्रममा संस्थाका सचिव मिनबहादुर केसी ,कोषाध्यक्ष कृष्णप्रसाद शर्मा, संञ्चालक समिति सदस्यहरु हायश्वर सुवेदी, प्रदिप पन्त, प्रबन्धक डिल्लीप्रसाद शर्माको उपस्थिति रहेको थियो ।

शोक सभा संस्थाका अध्यक्ष नारायण पौडेलको अध्ययक्षता र सचिव मिलन केसीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *