सरकारले पुरानै कामलाई मात्र निरन्तरता दियो –केन्द्रिय सदस्य पौडेल

बागलुङ २०७५ भदौ १४ । नेपाली काग्रेसका आमन्त्रित केन्द्रिय सदस्य किरणराज पौडेलको सम्मानमा नेपाली काग्रेस बागलुङको आयोजनामा बधाई एवं स्वागत कार्यक्रमको आयोजना गरिएको थियो ।

स्वागत कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य पौडेलले वर्तमान दुई तिहाईको सरकारले जनतालाई राहत दिने कुनै कार्य नगरेको बताउदै सरकारबाट सुधारका कार्य नभई पुरानै कामलाई निरन्तरता दिएको आरोप लगाए । पूर्व नेविसघं महामन्त्री समेत रहेका पौडेलले जनताले ठुलो आशा गरेको अवस्थामा स्थानिय देखि केन्द्रिय तहसम्म कुनै नयाँ काम गर्न नसकेको उनको भनाई थियो । अहिलेको सरकारले जनतालाई भार माथी भार बोकाएको भन्दै पौडेलले यसबाट खुसी होईन थप दुखी बन्नुपर्ने अवस्था रहेको प्रष्टपारे ।

नेता पौडेलले नेपाली काग्रेस अव नया“ ढङ्ग अनुसार अगाडि बढेको बताउदै निर्वाचनको समयमा भोगेको पराजयलाई आत्मसाथ गरि नया“ चिराबाट पार्टी लागेको बताए । उनले भने नेपाली काग्रेस सुढृड हुने गरि स्थानिय देखि केन्द्रसम्म लागेको छ ।

नेपाली काग्रेस जिल्ला सभापति दिपेन्द्रबहादुर थापाको अध्यक्षता र सचिव नवराज पौडेलको संचालनमा स्वागत एवं बधाई कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *