नेपाल रेडक्रस सोसाईटीको आयोजनामा बागलुङमा अन्तर्राष्ट्रिय बेपत्ता दिवस !

बागलुङ २०७५ भदौ १४ । नेपाल रेडक्रस सोसाईटी बागलुङले अन्तर्राट्रिय बेपत्ता दिवस मनाएको छ । विश्वभरका रेडक्रस तथा रेडिक्रिसेन्ट सोसाईटीहरुले अन्तर्राष्ट्रिय बेपत्ता दिवसका अवसरमा विशेष कार्यक्रमहरुको आयोजना गरी बेपत्ता हुनेहरुको स्मरण गरिदै आएको छ ।

आज नेपाल रेडक्रस बागलुङमा आयोजित कार्यक्रममा प्रमुख अतिथी एवं प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले व्दन्व्दकालमा बेपत्ता भएका व्यक्तिहरु तथा उनका परिवारहरुप्रति सान्त्वना दिँदै उनिहरुको स्थिति प्रकाशमा ल्याउन आफुले सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा रेडक्रस बागलुङका उपसभापति राजेन्द्र आचार्यले जान्न पाउने अधिकार बारे एक कार्यपत्र प्रस्तुत गरेका थिए ।

बागलुङ रेडक्रसका सभापति जब्बरबहादुर लामिछोनेको अध्यक्षतामा भएको बेपत्ता दिवसमा बेपत्ता परिवारका तर्फबाट जशोदा शर्मा पत्रकार सुभाष आचार्यले मन्तव्य दिएका थिए ।

कार्यक्रमा स्वागत मन्तव्य उपसभापति रामबहादुर खत्री दिएका थिए भने धन्यवाद भाषण सदस्य चन्द्रदत्त रेग्मीले गरेका थिए । उप कोषाध्यक्ष जीवनाथ शर्माले कार्यक्रमको सन्चालन गरेका थिए ।

तस्वीर- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *