एक महिना देखी काठमाडौँ-बलेवा-काठमाडौ बिमान सेवा बन्द !

बागलुङ २०७५ भदौ १४ । प्रत्यक हप्ताको आईतबार र बिहीबार क्रमश: तारा एयर र नेपाल एयरलाईन्सका बिमानहरुले बलेवा-काठमाडौ-बलेवा उडान भर्दै आएकोमा पछिल्लो समय दुबै एयरलाईन्सका कुनै उडान भएका छैनन् । जहाज चढेर काठमाडौँ जान बलेवा बिमानस्थल पुगेका एकदुई जना यात्रुहरु पनि अलपत्र परेर फर्कनु परेको छ ।

तारा एयरलाईन्सको बिमानले दुई महिना पहिले देखिनै उडान भर्न छोडेको भएपनि नेपाल एयरलाईन्सको बिमानले अगस्त २ तारीख अर्थात साउन १७ गते बिहीबार उडान भरेको थियो । त्यसपछी नेपाल एयरलाईन्सको बिमान काठमाडौँ बाट बलेवाका लागी उडेको छैन । आज विहीबार मौसमको खराबीको कारण देखाएर उडान रद्द गरिएको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *