म्याग्दीमा आफ्नै छोरीलाई बालात्कार गर्ने बाबु प्रहरी नियन्त्रणमा !

प्रेम सुनार, म्याग्दी २०७५ भदौ १४ । म्याग्दीमा एक बाबुले आफ्नै १२ बर्षिया छोरीलाई बलात्कार गरेका छन । जिल्लाको मालिका गाउँपालिका–५ देवीस्थानका ५३ बर्षिय बाबु दानवबहादुर ९नाम परिवर्तन ० ले आफ्नी १२ वर्षीया बालिका छोरीलाई बलात्कार गरेका हुन ।

शनिबार आमा कपडा धुन खोलामा गएको वेला बाबुले छोरीलाई बलात्कार गरेका उजुरी परेको म्याग्दीका प्रहरी प्रमुख डिएसपी वीरबहादुर बुढाले जानकारी दिए । निजलाई पक्राउ गरी अनुसान्धान भई रहेका डिएसपी बुढाले बताए ।

उनकी आमाले उजुरी दिए पछि र्इलाका प्रहरी कार्यालय दरवाङको प्रहरीले बिक थरका ती आरोपीलाई पक्राउ गरेको थियो । प्रहरीले ती पुरुषलाई नाबालिक तथा हाडनाता करणीमा कारबाही अघि बढाउने बताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *