ताराखोला गाँउपालिका बडा नम्बर ४ मा स्वास्थ्य ईकाई गठन गरिने !

घनश्याम गौतम, गल्कोट २०७५ भदौ १३ । ताराखोला गाँउपालिकाले आर्थिक बर्ष २०७४÷०७५मा सञ्चालित कार्यक्रमको बारेमा आज जनप्रतिनिधी तथा कर्मचारी बिच समिक्षा बैठक सम्पन्न भएको छ । गाँउपालिकाको केन्द्र भातखाने डाडाँमा सञ्चालन भऐका समिक्षा बैठकमा शिक्षा शाखा प्रमुख दिपक सुबेदीको सरुवा भएर रिक्त रहेको शिक्षा शाखामा अर्को ब्यबस्था नहुने समय सम्मको लागी शाखाको जिम्मेबारी श्रोत ब्यक्ती डिल्ली प्रसाद शर्मालाई दिने, शिक्षा दिवस, बाल दिवस, निजामती दिवस तथा तीज कार्यक्रम सञ्चालनको लागी बिशेष छलफल सम्पन्न भएको गाउपालिकाका प्रबक्ता जित बहादुर खत्रीले जनाकारी दिए ।

कार्यक्रममा ताराखोला गाँउपालिका बडा नम्बर ४ मा स्वास्थ्य ईकाई गठन गर्ने तथा करारमा अहेबको ब्यबस्था गरी तत्कालै स्वास्थ्य सेबा सुचारु गर्ने, ताराखोला गाँउपालिकाको सुचना अधिकारीको रुपमा बडा नं १ को सचिब जित बहादुर सुनारलाई नियुक्त गर्ने तथा नेपाल माध्यमिक बिद्यालयमा प्राबिधिक कक्षा सञ्चालन गर्नको लागी प्रदेशतहमा सिफारीस गर्ने निर्णय भएको ताराखोला गाउपालिकाले जनाएको छ ।

कार्यक्रममा गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोपलाल भुषालले गत आर्थिक बर्षको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रम ताराखोला गाँउपालिकाका अध्यक्ष प्रकाश घर्तीको अध्यक्षता उपाध्यक्ष दिलकुमारी रोकाको स्बागत तथा सुचना अधिकारी सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।्

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *