आदर्शले यस बर्षबाट जेष्ठ नागरिकलाई भत्ता वितरण गर्ने

बागलुङ, २०७५ भदौ १३ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले यस बर्ष देखि ज्येष्ठ नागरिकहरुलाई भत्ता वितरण गर्ने बताएको छ । ७० बर्ष उमेर पुगेका तथा नाघेका ज्येष्ठ नागरिकलाई बार्षिक रुपमा १ हजार २ सय रुपैँया प्रदान गर्ने सहकारीले जनाएको छ ।

यस बर्ष ११ जना जेष्ठ नागरिकलाई भत्ता वितरण गरिनुका साथै बागलुङ जिल्ला स्थित विभिन्न सञ्चार माध्यममा काम गर्ने ४ जना पत्रकार, संस्थामा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यलाई सम्मान गर्ने संस्थाका सम्पादक रामबहादुर जिसीले जानकारी दिए ।

ज्येष्ठ नागरिकलाई प्रदान गर्ने भत्ताका लागि कोष निर्माण गर्ने पनि सहकारी सञ्चालक समितिले निर्णय गरेको छ । प्रत्येक सदस्यबाट बार्षिक रुपमा एक सय रुपैँया संकलन गर्ने गरी कोष स्थापना गरिने एवं आगामी दिनमा भत्ता रकम बढाउदैँ लैजाने सहकारीका अध्यक्ष अमरबहादुर थापाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *