फलेवासका महिलाहरुलाई स्वरोजगार वनाउने उद्देश्यले ३ सय ९० घण्टे तालिम ।!

निर्मल पौडेल पर्वत २०७५ भदौ १३ । महिलाहरुलाई स्वारेजागर बनाउने उद्देश्यले पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँका आयोजना गरिएको सिलाई कटाई तालिम सम्पन्न भएको छ । जिल्ला युवा समितिको कार्यालयको आयोजनामा संचालित सिलाई कटाई सम्वन्धि ३ सय ९० घण्टे आधारभुत तालिम मंगलवार सम्पन्न भएको हो ।

गत जेठ १० वाट शुरु भएको तालिममा ११ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिम समापन कार्यक्रममा बोल्दै जिल्ला युवा समितिको कार्यालय पर्वतका कार्यालय प्रमुख राजेन्द्रवहादुर क्षेत्रीले सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गदै स्वरोजगार बन्न महिलाहरुलाई सुझाव दिए । उनले तालिमा प्राप्त सिपलाई उपयोग गरी आफ्नो परिवारको जिवन स्तर उकास्न जोड दिए ।

कार्यक्रममा पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष दुर्गाप्रसाद शर्मा, प्रशिक्षक सम्झाना परियार र सहभागिको तर्फवाट अस्मीता परियारले आफ्नो मन्तव्य राखेका पथए।

उक्त कार्यक्रमको संचालन रेडियो शालिग्राम तथा फलेवास साप्ताहिकका कार्यकारी सम्पादक साजन परियारले गरेका थिए । तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *