हिलको बगर देखि साँदी सम्म जनश्रमदान गरी मोटर बाटो मर्मत !

मन्दिप निउरे, ताराखोला (हिल) २०७५ भदौ १२ । ताराखोला गाउपालिका ३ हिलको बगर देखि साँदी सम्म आज जनश्रमदान गरी मोटर बाटो मर्मत गरीएको छ । गत असारमा उक्त पहिरो गएको थियो । मंगलबार उक्त मर्मत कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष दिल बहादुर बस्नेत वडा सदस्य भुपनारायण बगाले महिला सदस्य श्रीमाया घर्ती नेकपाका पुरन थापा तथा साबिकको वडा नम्बर १,२,३,४,५ र ७ का जनताहरुको गरी ११०जनाको सहभागीता रहेको थियो ।

उक्त मोटर बाटो मर्मत गरिए सँगै आज देखि ताराखोला देखि गल्कोट नगरपालिका तथा बागलुङ बजार सम्म जाने गाडीहरू तथा मानिसहरुलाई आबाज जात गर्न सहज भएको वडा नम्बर ३ का अध्यक्ष दिल बहादुर बस्नेतले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *