ताराखोला- ३ हिलमा अन्न बालीको मुल्य तथा कामदारको ज्याला दर कायम !

मन्दिप निउरे, बागलुङ (हिल) २०७५ भदौ १२ । ताराखोला गाउँपालिका वडा नम्बर ३ हिलमा टोल सुधार समिति वडा नम्बर ३ को आयोजनामा सम्पुर्ण काम गर्नेको ज्याला तथा अन्नको मुल्यको एकरुपता बनायको छ ।

कायक्रममा बोल्दै वडा नम्बर ३ का अध्यक्ष दिल बहादुर बस्नेतले अब देखि समग्र वडा नम्बर ३ मा सबै मुल्यको एकरुपता हुने भएको बताए । अन्नको मुल्य धान एक पाथीको २००, मकै एक पाथीको १५०, कोदो एक पाथीको १५० ,गहु एक पाथीको १५०,जौउ एक पाथीको १२० भागो एक पाथीको ४००, केराउ एक पाथीको ४ सय,भट्ट एक पाथीको ४००, सिमी एक पाथीको १ हजार, दुध एक मानालाई ४०, घीउ एक मानालाई ६ सय, मासु खसीको एक किलो लाई ५५०, मासु रागो एक किलो लाई ३०० , खेतालीको गहु ,जौउ , धान ,कोदो ,काटना गयको घन्टाको ४० रुपैयाँ, खेताली दाउरा बोक्न गएको धान रोप्न गएको भारी बोक्न गएको घन्टाको ६० रुपैयाँ,खेताला दाउरा काटन गएको भारी बोक्न गएको घण्टाको १०० रुपैयाँ, सिकर्मीको काम गरेको घण्टाको १२० रुपैयाँ, हलीगोरुको १२००, मिनी टेलर हलोले एकहलको मेलो जोतेको १२००, आलु एक पाथीलाई १००, तोरीको तेल मानाको ५०० , मुल्य निधारण गरेकाृ छ । कायक्रम टोल सुधार समिति वडा नम्बर ३ का अध्यक्ष कर्ण बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *