ढोरपाटनलाई हिउँले ढपक्क ढाकेपछी, बढे आन्तरिक पर्यटक ! (तस्वीर)

बुर्तिवाङ २०७३ पुस २० । बागलुङ जिल्लाको प्राकृतिक सौन्दर्यले भरिपूर्ण एवंं पर्यटकीय दृष्टिले महत्वपूर्ण तथां मुलुककै एकमात्र शिकार आरक्ष रहेको बोवाङ- ९ ढोरपाटन उपत्यका यतिबेला हिउँले ढपक्कै ढाकेको छ । चिसोले स्थानीयको जनजीवन केहि कष्टकर बनेपनि हिमपातले त्यहाँको सोन्दर्यलाई निकै आकर्षक बनाएको छ । यतिबेला हिमपातको सुन्दर दृश्यहरु अवलोकन गर्न आन्तरिक पर्यटकहरु जानेक्रम बढेको छ ।

प्रस्तुत छन हिउँले ढाकेको ढोरपाटनका केहि तस्वीरहरु-



बोवाङ, अधिकारीचौर, निसी, खुँखानी, तमान, खुँगा, देविस्थान,तारा लगायतका गाविसहरुको उपल्लो भेगमा हिमपात भएको समाचार प्राप्त भएका छन् ।

यस समयको हिमपातले रविबालीलाई फाईदा पुराउने स्थानीयले बताएका छन् । अत्याधिक हिमपात भएको ठाउँमा बस्तुभाउको लागि घाँसपातको समस्या परेको उनिहरुको भनाई छ ।

ढोरपाटनमा बस्ने स्थानीयवासीहरु जाडो छल्न असोज कात्तिक महिनामा बेसी गाउँमा बस्तुभाउ सहित झर्ने र चैत महिना भरिमा ढोरपाटन फर्कने प्रचलन रहेपनि आज भोलि सडक, विद्युत लगायतको सुविधाका कारण ढोरपाटनमा मानववस्ती बाख्लै रहेको देखिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *