अम्बिका भेट्टिईन …!

बागलुङ २०७५ भदौ ११ । गल्कोट नगरपालिका वडा नं ४ हटिया, ओखरवोट वस्ने मानसिक सन्तुलन ठिक नभएकी वर्ष ३७ की अम्बिका गौतम गैरे मिति २०७५।०५।०३ गते देखि घर परिवारको सम्पर्कमा नआई हराई वेपत्ता भएकी हुदा निजको खोज तलास गरी पाउँ भनि निजका दाजु धर्मदत्त गौतमले यस जिल्ला प्रहरी कार्यालय , बागलुङमा दिएको हुलिया निवेदनको आधारमा खोज तलास गर्दै जाने क्रममा मिति २०७५।०५।०९ गते जिल्ला बागलुङ बा।न।पा। वडा नं ३ चिप्लेटी बसपार्कमा यस कार्यालयवाट खटि गएको प्रहरी गस्ती टोलीले फेला पारी निजलाई यस कार्यालय मार्फत मिति २०७५।०५।१० गते निजको दाजु धर्मदत्त गौतमको जिम्मा लगाई पठाईएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *