गल्कोटमा सुरु भयो वर्षे नाँच, पहिलो दिन देखाईयो लाखे नाँच !

दिनेश खत्री, गल्कोट हरिचौर २०७५ भदौ ११ । विगत वर्षहरु जस्तै यसवर्ष पनि जनैपूर्णिमाका दिन देखी गल्कोट हरिचौर बजारमा वर्खे मेला सुरु भएको छ । मेलाको पहिलो दिन हरिचौर बजारमा प्रचलित लाखे नाँच प्रदर्शन गरिएको छ ।

भदौ ६ गते हरिचौर बजारमा भएको हरिचौर बजार व्यवस्थापन समितिका अध्यक्षतामा बसेको बैठकले भदौ १० गते देखी बर्षे नाँच सुरु गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार भदौ १० गते लाखे भदौ ११ गते गाइ नाँच १२ गते जोगी नाँच, १३ बाघ नाँच, १४ गते रोपाई र कटुवाल, १५ गते घोँडे जात्रा प्रदर्शन गरिने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *