साबिकको ईलाका वन कार्यलयहरुलाई सब डिभिजन कार्यलयमा रुपान्तरण !

झरना कंडेल, बुर्तिबाङ २०७५ भदौ ११ । डिभिजन वन कार्यलय बागलुङका प्रमुख बिशाल घिमीरेले बागलुङ जिल्लामा ८ वटा सब डिभिजन कार्यलय रहेको र सो कार्यलयहरुले आफ्नो पायक पर्ने स्थानमा सेवा प्रवाह गर्ने बताएका छन् । उनले हिँजो साबिकको ईलाका वन कार्यलयहरुलाई सब डिभिजनजन कार्यलयमा रुपान्तरण गरी जिल्लाको सम्पुर्ण पालिकाहरुलाई सेवा दिन सजिलो हुनेगरी उचित कार्यक्षेत्र बिभाजन गरिएको बुर्तिवामा आयोजित कार्यक्रममा जानकारी दिए ।

जिल्लामा रहेका ८ वटा सब डिभिजन कार्यलयहरु मध्ये गल्कोट सब डिभिजन वन कार्यलयले गल्कोट नगरपालीका र ताराखोला गाउँपालीका , बुर्तिबाङ सब डिभिजन वन कार्यलयले ढोरपाटन नगरपालिका , निसीखोला गाउँपालिका र अन्य कार्यलयले सोही पालिकाको क्षेत्र समेट्ने गरी सब डिभिजन कार्यालयको शुभारम्भ गरको हो । तमानखोला गाउँपालीकामा भवन अभाव भएकाले बुर्तिबाङबाटै सेवा दिईने उनले बताए ।

बाग्लुङ नगरपालिका र काठेखोला गाउँपालिकामा कार्यलयको नयाँ नामबाट शुभारम्भ भैसकको सब डिभिजन कार्यलय अन्तरगत हिँजो सब डिभिजन वन कार्यलय बुर्तिबाङ, सब डिभिजन वन कार्यलय बडीगाड र सब डिभीजन वन कार्यलय गल्कोटको उद्घाटन तथा शुभारम्भ गरिएको छ ,भने अन्य स्थानम पनि छिटै शुभारम्भ गर्ने घिमीरेले बताए ।
उद्घाटनका क्रममा डिभिजन वन कार्यलय प्रमुख बिशाल घिमीरेले गण्डकी प्रदेशको ११ जिल्ला मध्ये बाग्लुङ जिल्लामा पहिलोपटक सेवा शुभारम्भ गरिएको बताउदै, ईलाका वन कार्यालय बुर्तिबाङबाट दिदै आईरहेको सेवा अब सब डिभिजन वन कार्यलय बुर्तिबाङबाट दिईने बता ।

हिँजो भएको उद्घाटन कार्यक्रम सब डिभिजन वन कार्यलय बुर्तिबाङका ईन्चार्ज राजेश पौडेलको अध्यक्षता , डिभीजन वन कार्यलय बाग्लुङका प्रमुख बिशाल घिमीरेको प्रमुख आतिथ्यता , डिभीजन वन कार्यलय बाग्लुङका सहायक वन अधिकृत राम बहादुर बीक , खरीदार लक्ष्मण खत्री पत्रकार लगायतको बिशेष आतिथ्यता रहेको थियो ।
सो अबसरमा बुर्तिबाङका ईन्चार्ज पौडेलले ३ वटै पालिका अन्र्तगत पर्ने वन संग सम्बन्धीत संरक्षण र संर्बद्धनको जीम्मा सब डिभीजन वन कार्यलय बुर्तिबाङको भएकाले स्थानीय तह तथा सम्बन्धीत निकायको निर्देशनमा रही काम गरी सेवा प्रवाह गर्ने बताए ।

कार्यक्रमको सञ्चालन सब डिभिजन वन कार्यलय बुर्तिबाङका फरेस्टर खीम श्रीषले गरेका थिए

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *