ताराखोलाका विभिन्न वडाहरुमा जनप्रतिनिधि र स्थानीयहरुको जनश्रम द्वारा मोटर बाटो मर्मत !

पूर्ण भद्र निउरे, बागलुङ (ताराखोला) २०७५ भदौ ९ । ताराखोला गाउँपालिकाका विभिन्न वडाहरुमा जनप्रतिनिधि र स्थानीयहरुको जनश्रम द्वारा मोटर बाटो मर्मत गरिएको छ ।

सहिद मार्गको प्रवेश बिन्दु काठेखोला गाउपालिकाको बिहु त्रिशुली चोक देखि वडा न ४ को गगिडाँडा सम्म मुख्य सडकको मर्मत संगै विभिन्न वडाका शाखा मोटर बाटो तथा केही स्थानमा गोरेटो बाटो समेत मर्मत गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोपलाल भुषालले ईबागलुलाई जानकारी दिए ।

गत वडा न १ मा करिब १६५ जनाको सहभागीतामा विभिन्न स्थानमा मोटर बाटो मर्मत गरिएको छ । कार्यपालिका सदस्य गौरी माया गुरुङको नेतृत्वमा त्रिशुली चोक देखि बाघखोर सम्मको सहिद मार्ग वडा अध्यक्ष याम श्रीसको नेतृत्वमा सिउरे देखि भाट सम्म जनहित मार्ग र चगादी देखि गाउँ हुँदै माइथान सम्मको मोटर बाटो मर्मत गरिएको वडा न १ का अध्यक्ष याम बहादुर श्रीसले जानकारी दिए ।

त्यसै गरि वडा न २ मा करिब १६० जना को सहभागी ता मा सहिद मार्ग अन्तर्गत को अर्गल सिले देखि पुवा धुने खोला सम्म को घुम्ती , पुवा घुने खोला घुम्ति देखि खल्डाडा सम्म साखा मोटर बाटो र भात खाने डाडा देखि होरा सम्म को मोटर बाटो मर्मत गरिएको वडा अध्यक्ष भद्र बहादुर घर्ती ले बताउनु भयो ।

यता वडा न ३ मा आज साबिक का वडा न ३,६,८ र ९ का करिब १५० जनाको सहभागीता मा घुस्मेली देखि प्रहरी कार्यालय सम्म को मोटर बाटो , मनिओल देखि काक्राखोर सम्म मोटर बाटो , हरि मा बि देखि इदि जोड्ने मोटर बाटो र लोटस बोर्डिङ देखि इदि जाने गोरेटो माटो मर्मत गरिएको र अन्य वडा काले १२ गते जनश्रम गर्ने वडा अध्यक्ष दिल बहादुर बस्नेतले जानकारी दिए ।

त्यस्तै वडा न ४ करिब २९० जना को सहभागीतामा झाक्रीपानी डाडा देखि सगुबोट बतासे डाडा हुँदै गगिडाडा सम्म को सहिद मार्ग , डोगाडी नागबेली खोला मोटर बाटो र रिडि प्रा बि देखि लमि डाडा अस्मुखी मोटर बाटो मर्मत गरिएको वडा अध्यक्ष जित बहादुर खत्रीले बताए । वडा न ५ ले भने आज वडा भेला गरि प्रत्येक महिना को अन्तिम शुक्रबार टोल टोल मा जनसहभागिता आबश्यक पर्ने ठाउँ मा जन श्रम गर्ने निर्णय गरेको वडा अध्यक्ष राम बहादुर रोकाले जानकारी दिए ।

मोटर बाटो मर्मतकाका क्रममा जोखिम पूर्ण ठाउँहरुमा सोलिङ गरिएको खाल्डा खुल्डी पुर्ने, नाली कटाउने काम गरेको र पहिरोका कारण अबरुद्ध बनेका विभिन्न साखा मोटर बाटो हरु मा पहिरो हटाइएको गाउपालिकाले जनाएको छ ।

ताराखोला गाउँपालिकाले बार्षिक नीति तथा कार्यक्रममा नै हरेक महिना एक दिन जन श्रमको निती बनाएको छ ।

जनश्रम गर्ने गराउने कार्यमा जनप्रतिनिधि, कर्मचारी ,शिक्षक तथा स्थानीयहरुको उल्लेख सहभागिता हुने गरेको छ । धेरै जसो स्थानीयहरु आफ्नो ठाउँको बिकासमा हामी आफै लाग्नु पर्छ भन्दै स्वतस्स्फूर्त रुपमा उपस्थित हुने गरेका र कतिपय ठाउमा एक घर एक ब्यक्ती अनिवार्य समेत गरिएको छ ।

कतिपय स्थानियले भने गाउँपालिकाले जनश्रमको नीति लिएर जनतालाई सास्ती दिन खोजेको भन्दै असन्तुष्टि समेत जनाउने गरेका छ्न ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *