अम्बिका हराईन्, कसैले देख्नु भयो कि ?

गल्कोट २०७५ भदौ ९ । गल्कोट नगरपालिका ४ ओखरबोटबाट गत भदौ ३ गते राति देखी हराएकी अम्बिका उपाध्याय फेला परेकी छैनन् । परिवार जनले उनको खोजविन गरेपनि फेला पार्न नसकेपछी प्रहरीलाई निवेदन दिएको बताएका छन् ।

केहि वर्ष देखी उनी दाजु धर्मदत्त गैरेसंग माईतमा बस्दै आएकी थिईन् । उनको साबिक दुदिलाभाटी गाविस ३ का टिकाराम उपाध्यायसंग विवाह भएको थियो । पतिले अर्की श्रीमती विवाह गरेपछी उनी माईत दाजु धर्मदत्त गैरेकहाँ बस्दै आएकी थिईन् ।

उनका दाजु धर्मदत्त गैरेका अनुसार बहिनी अम्किकाको मानसिक अवस्था ठिक नभएकोले पहिले पहिले पनि घरबाट निस्किने दुईतीन दिन पछी फर्कने गर्दै आएकी थिईन तर पछिल्लो पटक एकहप्ता सम्म सपर्कमा नआाएपछी आफुहरु चिन्तामा रहेको बताए ।

उनले कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा मोबाईल नम्बर ९८४७७०७१११ नम्वरमा खवर गरिदिन आग्रह समेत गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *