गजल : चोली सारी लगाएहुन्थ्यो छोरी वुहारीले पनि !

अब त सतर्क रहनुपर्छ नारीले पनि।
समात्न सक्छ हेर्नू वफादारीले पनि।।

निर्मलाहरुको आत्माले शान्ति पाउने छ।
फाँसीको सजाए भोगोस बलत्कारीले पनि।।

सरकार यस्तै केशमा तमशाा हेर्ने रैछ।
गोली ठोक्छन् रक्षक कर्मचारीले पनि ।।

बुढी भएकी आमाले पैरन फेरेर भन्नुहुन्छ,
चोली सारी लगाएहुन्थ्यो छोरी वुहारीले पनि ।।

यो यौन भन्ने चिजै खै के रहेछ यस्तो ।
कोही छाड्दिन भेटाए भन्छ बर्मचारीले पनि।।

एन.पि घायल
कुस्मा पर्वत ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *