ढोरपाटन स्थित ढोरबराह मन्दिरमा जनैपूर्णिमा मेलाको चहलपहल सुरु ! खेलकुद प्रतियोगितको तयारी पूरा !

कुसुम थिङ, ढोरपाटन (बागलुङ) २०७५ भदौ ९ । ढोरपाटन नगरपालिका-९ ढोरपाटन स्थित प्रशिद्ध ढोरबराह मन्दिरमा लाग्ने जनैपूर्णिमा (ऋषितर्पणी) मेलाको तयारी पुरा भएको छ । ढोर बराह मन्दिरमा प्रत्यक वर्ष जनैपूर्णिमा मेला लाग्छ, जुन यस क्षेत्रको ठुलो र महत्वपूर्ण मेला हो । यस अवसरमा बागलुङ लगायत रुकुम, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, स्याँजा, म्याग्दी, मुस्ताङ, पर्वत, कास्की लगायतका जिल्लाहरुबाट हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरु मेला भर्न र ढोरबराह भगवानको पूजा अर्चनाका लागि आउने गर्छन् । प्रत्यक वर्ष ढोरबराह मन्दिरमा चण्डी बैशाख पूर्णिमाको दिन र जनै पूर्णिमा (ऋषितर्पणी)का दिन दुईपटक भगवान ढोर बराहको पूजा अर्चना गरिन्छ ।

मेलालाई मध्यनगर गरी नेपाली सेनाको हनुमानध्वज गुल्मको रिभर क्रसिङ टिमले नवी खोलामा हालेको ट्विन ।

भोलि जनै पूर्णिमाको पावन अवसरमा ढोरबराह मन्दिरमा लाग्ने मेलाको तयारीका बारेमा ढोरपाटन- ९ का वडाध्यक्ष हरिबहादुर घर्तीलाई हामीले सोधेका थियौँ, उनले दिएको जानकारी अनुसार ढोरपाटन स्थित नेपाली सेनाको हनुमानध्वज गुल्म एवं स्थानीयको सहयोगमा ढोरबराह मन्दिर परिसर सरसफाई गरिनुका साथै श्रद्धालुहरुको व्यवस्थापनका लागि विभिन्न तयारीहरु गरिएको छ ।

वर्षातले गर्दा सवारी साधनहरु फल्लेघर सम्म आउने र त्यसदेखी माथी देउराली सम्म केहि समय पैदल हिँड्नु पर्ने अवस्था रहेको अध्यक्ष घर्तीको भनाई थियो ।
जनैपूर्णिमा मेलामा ढोरबराह मन्दिरमा भेँडाको साढको बलि दिने प्रचलन रहेको छ । जनैपूर्णिमा मेलाका अवसरमा कम्तीमा एक हजारको हाराहारीमा ढोरबराह मन्दिरमा भेँडाको बलि दिईन्छ । सडक यातायातले छोएपछी ढोरबराह भगवानको दर्शन गर्न आउने श्रद्धालुहरु एवं पर्यटकीय उद्देश्यले दृश्यावलोकन गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकहरुको संख्या प्रत्यक वर्ष बढीरहेको स्थानीयले बताएका छन् ।

मेलाका अवसरमा ढोरपाटन रिकोभरी अर्गनाईजेशन क्लबले विभिन्न खुलकुद कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । यस वर्षको मेलामा क्लबले पुरुष/महिला भलिबल, फुटबल, ताराखेल, आदि प्रतियोगिता भोलि उद्घाटन गर्ने जनाएको छ । क्लबका अध्यक्ष श्याम घर्तीले भोलि खेल प्रतियोगिताको उद्घाटन कार्यक्रम रहेको जानकारी दिँदै खेलहरु भने पर्सि सोमबारबाट सुरु गरिने र प्रतियोगिता केहि दिन जारीरहने बताए । अध्यक्ष घर्तीले खेलकुद कार्यक्रमको प्रमुख अतिथी एवं ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले गर्ने ईबागलुङलाई बताए ।

मेलालाई मध्यनगर गरी नेपाली सेनाको हनुमानध्वज गुल्मको रिभर क्रसिङ टिमले नवी खोलामा ट्विन हालेको छ । ट्विनको दुबै किनारमा सेनाहरु बसेर श्रद्धालुभक्तहरुलाई खोला वारपार गराउने कार्य आज देखी नै सुरु भएको सहकर्मी ईन्द्रबहादुर शाहीले ईबागलुङलाई जानकारी दिए । भोलि उद्घाटन हुने खेलकुद प्रतियोगिताको मैदान सरसफाई र कोर्टको तयारी गर्ने कार्यमा सेनाले सहयोग गरिरहेको पनि शाहीले बताए ।

तस्वीर- ईन्द्रबहादुर शाही, ढोरपाटन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *