प्रहरीव्दारा पाँच दिनमा बागलुङका तीन गाउपालिकाबाट १२८५ रोपनी जग्गाको गाँजा नष्ट !

बागलुङ २०७५ भदौ ८ । जिल्ला प्रहरी कार्यालय बागलुङले गत २०७५ साल साउन २५ गते देखी ऐ २९ गते सम्म पाँच दिनमा १२८५ रोपनी क्षेत्रफल जग्गामा लगाईएको अवैध गाँजा खेती नष्ट गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङको आधिकारिक फेसबुक जि प्र का बागलुङ मार्फत यो जानकारी दिईएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङ मातहत निसीखोला गाउँपालिका वडा नं ६ मा ६५० रोपनी, बडीगाड गाउँपालिका ८ मा ३८५ रोपनी र ताराखोला गाउँपालिका अन्तरगत बिभिन्न स्थानहरुमा २५० रोपनी जग्गाको अवैध गाँजा खेती जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीको कमाण्डमा खटि गएको टोलीव्दारा नष्ट गरिएको जनाईएको छ ।

स्थानीहरुले गाउँघरमा गाँजा र भाँगो दुई जातको बोटहरु हुने बताएका छन् । गाँजाको बोटबाट अवैध लागु औषध उत्पादन हुने भएपनि भाँगोबाट अचारमा राख्ने खेती हुने उनिहरुको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *