पत्रकार विनोद त्रिपाठी सौर्य दैनिकको सम्पादकमा नियुक्त !

बागलुङ २०७५ भदौ ८ । माओवादी सशस्त्र व्दन्व्दकालमा बागलुङमा कान्तिपुर दैनिकको समाचारदाताको रुपमा कार्यरत रहँदा स्थलगत समाचार लेखेर चर्चित बनेका पत्रकार विनोद त्रिपाठी सौर्य दैनिकको सम्पादकमा नियुक्त भएका छन् । सम्पादक त्रिपाठी एक निडर पत्रकारको रुपमा चिनिन्छन् । उनलाई सिर्जना इन्टरनेशनल मिडिया प्रालिको सञ्चालक समितिको बैठकले सम्पादक नियुक्त गरेको हो ।

पत्रकार त्रिपाठी बागलुङमा कार्यरत रहँदा केहि समय धौलाश्री दैनिकको सम्पादन गरेका थिए । धौलाश्री परिवार पत्रकार त्रिपाठीको उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *