करेसाबारीमा रमाउदै मोडनाईज्ड एकेडेमीका बिद्यार्थीहरु

गल्कोट (हरिचौर) २०७५ भदौ ८ । गल्कोट हरिचौर स्थित मोडनाइज्ड एकेडमीमा अध्ययनरत कक्षा ६ देखी ८ सम्मका विद्यार्थीहरु यतिबेला करेसाबारी तयार पार्दै तरकारी खेती लगाउने अभियानमा छन् ।

पेशा विषयको प्रयोगात्मक क्षत्र अन्तरगत कक्षागत रुपमा (OBTE practical field) करेसाबारी निर्माण गरी बिद्यार्थीहरुले विभिन्न तरकारीका बेर्नाहरु लगाउने कार्य जारी रहेको एकेडेमीका प्रिन्सिपल दिनेश खत्रीले जानकारी दिए ।

करेसाबारी निर्माणमा पेशा शिक्षिका भुवा श्रीस पुन तथा शिक्षक थम्मन बस्नेतको नेतृत्वमा छात्रछात्राहरुले हिउदे तरकारीको नमुनागत प्लटहरुमा १ सय ५० बन्दाका बेर्नाहरु रोपिसकेको प्रिन्सिपल खत्रीले ईबागलुङलाई बताए ।

कक्षा ८ का विद्यार्थी राजन रानाले आफैले करेसाबारी निर्माण गरी तरकारीका बेर्ना लगाउदा निकै खुशी लागेको बताए । उनले विद्यालयमा सिकेको सिपले घरमा पनि करेसाबारीमा तरकारी खेती गर्न जाँगर पलाएको बताए ।

त्यस्तै कक्षा ८ मै अध्ययनरत छात्रा अमृता खत्रीले घरको करेसाबारीमा तरकारी खेतीगर्न प्रेरणा मिलेको बताउदै घर परिवारलाई खान पुग्ने तरकारी घरमै लगाउने बताईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *