सातसय बगाले थापा समाजद्वारा ताराखोलामा श्रद्वाञ्जली कार्यक्रम !

ताराखोला, २०७५ भदौ ७ । बागलुङको ताराखोला गाउपालिका वडा नं ३ होरामा आज श्रद्वाञ्जली कार्यक्रम सम्पन्न भएको छ । सातसय बगाले थापा समाज गल्कोट नगरपालिका ७ मल्म बागलुङका कार्य समितिका सदस्य समाजसेवी डिल बहादुर थापाको ममतामयी माता स्वर्गीय पुर्णकली थापाको ७ औं दिनको पुण्यतिथीको अवसरमा उक्त कार्यक्रम गरिएको समाजले जनाएको छ । सो अवसरमा स्वर्गीय थापाको फोटोमा माल्यार्पण गरिएको थियो ।

कार्यक्रममा सातसय बगाले थापा समाजका अध्यक्ष दल बहादुर थापाले शोक मन्तव्य राखेका थिए । घरपरिवारको तर्फबाट नरबहादुर थापाले धन्यवाद मन्तव्य राखेका थिए । श्रद्वाञ्जली कार्यक्रममा बगाले थापा समाजका संरक्षक, संस्थापक, केन्द्रिय सदस्य, कार्यसमितिका पदाधिकारी र स्थानियको उपस्थिति रहेको थियो । स्वर्गिय थापाको गत भदौ १ गते ८१ वर्षको उमेरमा निधन भएको थियो । श्रद्वाञ्जली कार्यक्रम परिवारका ज्येष्ठ सदस्य दल बहादुर थापाको अध्यक्षता र सातसय बगाले थापा समाज गलकोट नगरपालिका ७ मल्मका पुर्व सहसचिव थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *