गल्कोटको खरुवा माबिमा ब्याबसायिक च्याउ खेती सुरु !

चन्द्रमणी न्यौपाने, गल्कोट २०७५ भदौ ७ । गल्कोट नगरपालिका ४ खरुवा माद्यामिक बिद्यालयमा ब्याबसायिक च्याउ खेती सुरु गरिएको छ । विद्यालयमा पहिलो पटक गरिएको च्याउ खेती सफल भयसङ्गै यो दोस्रोपटक हो । विद्यार्थीलाई ब्यबहारिक शिक्षा दिन र बिद्यालयको आम्दानी वृद्धि गर्ने योजना अन्तर्गत च्याउ खेती गरिएको हो । च्याउ खेती बिद्यालयका शिक्षकहरु र पेसा विषय अध्ययनरत कक्षा ६, ,७ र ८ का विद्यार्थीले गरेका हुन ।

बिद्यालयमा आम्दानी वृद्धि गर्ने कार्यक्रम अनुसार गल्कोट नगरपालिकाको आर्थिक सहयोगमा च्याउ खेति सुरु गरिएको हो । गल्कोट नगरपालिका वडा नम्बर ४ का कृषि प्राबिधिक रुद्र पाठकले विद्यालयमा नै आएर सहजीकरण गरेका थिए । । पहिलो पटक पाँच वटा परालको मुढामा खेती गरिएकोमा यसपटक भने ३१ ओटा मुढा बनाइएको छ । बिद्यालयको आर्थिक श्रोतलाई सबल बनाउन समेत ब्याबसायिक च्याउ खेतिले सहयोग गर्ने साथै बिद्यार्थिहरुलाइ ब्याबहरिक सिप सिक्न सहज हुने प्रधानाध्यापक हेमराज गैरेले ईबागलुङलाई बताए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *