निसीखोला गाउपालिकामा माओवादी केन्द्रको वडा समिति गठन !

कुम्बिर बिस्वकर्मा, बुर्तिवाङ २०७३ फागुन २१ । नेकपा माओवादी केन्द्र प्रस्तावित निसि गाउँ पालिकाको निसि गाविस वडा नम्बर–१ देखि ४ सम्म पर्ने वडापालिकाको सम्मेलन पुतलीबजारमा सम्पन्न भएको छ । सम्मेलनले इन्द्र बहादुर घर्ती मगर को अध्यक्षतामा २१ सदस्यीय वडा समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा राजकुमार बि क , सचिवमा हिरा बहादुर पुन मगर , सहसचिव दिल बहादुर घर्ती मगर र कोषाध्यक्ष खिमकुमारी घर्ती मगर रहेका छन् ।

भेलामा बोल्दै माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा बागलुङ जिल्ला ईन्चार्ज चन्द्रबहादुर बुढा सागर, केन्द्रिय महाधिवेशन सदस्य तथा निसी खोला गाउँ पालिकाका इन्चार्ज कुबिर बि क, एकीकृत अखिल शिक्षक सगठनका बागलुङ जिल्ला सदस्य एबं निसीखोला गाउँ पालिका इन्चार्ज हुतराज भुषाल,केन्द्रिय महाधिवेशन सदस्य एबम निसी खोला इन्चार्ज प्रेम घर्ती मगर,, पार्टीका जिल्ला सदस्य राजिब बि क , निसी गाउँ कमिटीका निबर्तमान अध्यक्ष नरेन्द्र घर्ती मगर, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सम्मेलन इन्द्र बहादुर घर्ती मगरको अध्यक्षता, हिरा बहादुर पुन को स्वागत र कुम्बिर बिक को सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.