निसीखोला गाँउपालिकामा ६ हजार फलफुल र रुख बिरुवा रोपियो

छविलाल पाण्डे बुर्तिवाङ २०७५ भदौ ७ । निसीखोला गाउँपालिकाले फलफुल खेतिबाट व्यवसायिक खेति प्रणालीको विकास र वातावरणीय पर्यावरणलाई सुन्दर राख्नका निम्ती यस आर्थिक बर्षमा बिभिन्न प्रजातिका ५ हजार ८ सय १८ फलफुल र रुखका बिरुवा रोपिएको छ ।

सरकारले सन २०१८ जुन ५ तारिख अर्थात विश्व वातावरण दिवसको अवसरमा देशभर प्रत्यक मानिसले एक फलफलु वा रुखविरुवा रोप्ने अभियान अगाडि सारेसँगै निसीखोला गाउँपालिकाले समेत एक ब्यतिm एक फलफुल वा रुखका बिरुवा रोप्ने अभियानलाई प्राथमिकता दिएको हो ।

अभियान शुभारम्भ गर्दै पाँचबर्षमा आफुहरुले समेत गाँउपालिकाको कुल जनसँख्या २३ हजार ५ सय रहेकोमा सोहि मात्रामा विरुवा रोपिने अभियान सफल पारिने गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले इबागलुङलाई बताए ।

फलफुल तथा अन्य प्रजातिका विरुवा रोप्दा आम्दानीको श्रोतमा बृद्धि हुने, भूक्षय, बाढी पहिरो रोकथाम गर्ने लगाएत वातावरणीय पर्यावरणीय सन्तुलनलाई समेत व्यवस्थित गर्ने भएका कारण यसबर्ष गाँउपालिका जनप्रतिनीधि, कर्मचारी तथा स्थानिय बासिन्दाको प्रत्यक्ष सहभागितामा सात वटै वडामा गरी आँप ४ सय ४, सुन्तला ३ सय ५०, कागति १५ सय २१, अलैँचि ३ सय , निम ३० , टिमुर २ सय ५० विरुवा रोपिएको छ ।

त्यस्तै अनार ५० , किवी ३६, जुनार ८८, केरा ७ सय ८९, रुद्धा्रक्ष ४६ गरी कुल ३ हजार ८ सय ७३ फलफुलका विरुवा रोपिएको बताईएको छ । त्यस्तै रुख प्रजातिमा सल्लो, अमला, चाप, रानि खनियु, निमारो गरी कुल १ हजार ९ सय ४५ विरुवा बृच्छारोपण गरीएको गााउपालिका प्रमुख प्रशासकिय अधिकृत सुसिल पनेरुले बताउनु भयो । निसीखोला गाँउपालिकामा फलफुल र तरकारी उत्पादनका हिसावले माटो र हावा पानी उचित रहेका कारण त्यसक्षेत्रका कृषहरु पछिल्लो समय व्यवसायिक तरकारी फलफुल खेति तर्फ थप आर्कषित बन्दै जान थालेका हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *