अर्जेवामा थापाको अध्यक्षतामा माओवादी केन्द्रको समिति गठन !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७३ फागुन २१ । जैमुनी नगरपालिका अर्जेवामा शुक्रवार माओवादी केन्द्रको सम्मेलन सम्पन्न भएको छ ।
सो सम्मेलनमा बोल्दै

माओवादी केन्द्रका केन्द्रिय महाधिवेशन समिति सदस्य कृष्ण बहादुर केसीले माओवादीका मुद्दाले आखिर जित्दै गएको बताउदै आगामी चुनावमा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने कुरा शिक्षित जनतालको हातमा रहेको उःmेख गरे।

सम्मेलनमा केन्द्रका केन्दीय सदस्य शोभा प्रसाद शर्मा, अर्जेवाका ईन्चार्ज लाल बहादुर परियार लागएतले बोलेका थिए ।

सम्मेलनले कृष्ण थापाको अध्यक्षतामा २१ सदस्यीय समिती गठन गरेको छ । उपाध्यक्षमा चम्फा दर्जी, सचिव बल बहादुर थापा, सहसचिव लेख बहादुर थापा, कोषाध्यक्ष लालमाया थापा लगाएत सदस्यहरु रहेका छन् । यस्तैयाम पुनको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिती गठन गरेको छ ।

कार्यक्रम कृष्ण थापाको अध्यक्षता याम पुनको स्वागत र बल विक्रम थापालको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *