सार्वजनिक शौचालय सरसफाईमा वडा कार्यालय !

गल्कोट २०७५ भदौ ७ । गल्कोट नगरपालिका-३ हटिया बजारको जिप पार्क नजिक रहेको सार्वजनिक शौचायल वडा कार्यालयको सक्रियतामा सरसफाई गरिएपछी प्रयोगमा आएको छ । झण्डै दुईवर्ष देखी सरसफाईको अभावमा दुर्गन्धित अवस्थामा रहेको शौचालय बुधवार देखी प्रयोगमा ल्याईएको हो ।

हटिया बजारको व्यस्त स्थानमा रहेको शौचालयको सरसफाई पछी आम नागरिकलाई दिसा पिसाबको लागि सहज भएको वडाध्यक्ष वीरजंग भण्डारीले बताए ।

गल्कोट नगरपालिका-३ को हटिया बजार र त्यस आसपासका प्रकृति प्रदत्त पर्यटकीय स्थलहरुको पहिचान, विकास एवं सम्वद्र्धनका लागि वडाध्यक्ष भण्डारीको सक्रियतालाई नगरवासीले सकारात्मरुपमा लिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *