बिहुँमा १३ वर्षिया किशोरीव्दारा आत्महत्या !

भरत प्रसाद सापकोटा, बागलुङ बिहुँ २०७५ भदौ ७ । गए राति एक १३ वर्षिया किशोरीले आत्महत्या गरेकी छिन् । काठेखोला गाउपालिका ५ बिहुँ राहलेका बुबा चन्द्रबहादुर परियार र आमा मनरुपा परियारकी छोरी सुस्मिता परियारले आत्महत्या गरेकी हुन् । उनले घरको माथिल्लो तल्लामा दलिनमा झुण्डिएर आत्महत्या गरेको अवस्था आज विहान परिवारले देखेपछी प्रहरीलाई खबर गरेका थिए ।

विपन्न परिवारकी सुस्मिता स्थानीय नवयुवक आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिईन् । आत्महत्या गुर्नु पर्ने कारण केहि नखुलेको प्रहरीले जनाएको छ । अहिले विहुँ इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक राजन श्रेष्ठको नेतृत्वमा प्रहरी टोलीले घटनास्थलमा प्रकृति मुचुल्का उठाई घटनाको अनुसन्धान गरिरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *