पर्वत जिल्ला अदालतमा पाँच पुरुषले दिए श्रीमतीविरुद्ध सम्बन्ध विच्छेदको उजुरी !

महेन्द्र केसी, पर्वत २०७५ भदौ ६ । नयाँ मुलुकी संहिता ऐन लागू भएसँगै पर्वत जिल्ला अदालतमा पाँच पुरुषले श्रीमतीविरुद्ध सम्बन्ध विच्छेदनको उजुरी दिएका छन् ।

यहि भदौदेखि लागू भएको मुलुकी संघियतासँगै ५ जना पुरुषले जिल्ला अदालतमा सम्बन्ध विच्छेदनको लागि उजुरी दिएका छन् भने ३ जना महिलाले पनि उजुरी दर्ता गरेका छन् । भदौं यता मात्रै ८ वटा सम्बन्ध विच्छेदनका मुद्दा दर्ता भएको जिल्ला अदालत पर्वतका न्यायाधीश सूर्यबहादुर थापाले जानकारी दिए ।

बुधबार जिल्ला आदलतमा जिल्लाका क्रियाशिल पत्रकारसँग नयाँ कानूनमा भएको प्रावधानबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको थियो । सोही अबसरमा उनले यस्तो जानकारी दिएका हुन् ।

नयाँ संशोधन ऐनमा प्रेसलाइ पनि अंकुश लगाउने देखिएको भन्दै पत्रकार महासंघले त्यसको विरोध गर्दै आइरहेको छ । नयाँ कानूनमा भएको व्यवस्थाको बारेमा जानकारी आदान प्रदान सो छलफलमा जिल्ला आदालतमा भएको गतिविधीको बारेमा समेत जानकारी गराइएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *