बागलुङमा चेम्बर अफ कमर्शको शाखा विस्तार : अध्यक्षमा दोर्णकुमार कुँवर !

छविलाल पाण्डे, बागलुङ २०७५ भदौ ६ । बागलुङमा नेपाल चेम्बर अफ कमर्शको शाखा विस्तार भएको छ । व्यवसायीको हकहितको पक्षमा काम गर्ने उदेश्यले शाखा विस्तार भएको हो । गठित समितीमा युवा समाजसेवी एवम सञ्चार उद्धमी दोर्णकुमार कुवँरको अध्यक्षतामा २१ सदस्यीय समिती गठन भएको छ ।

चेम्बरको शाखा बागलुङ जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता भई काम सुरु गरेको र आफनो टिमले जिल्लामा व्यवसायीक वातावरण सृजना गर्ने, व्यवसायीको पेशागत अधिकारको पक्षमा काम गर्ने, साथै बागलुङ जिल्लामा उर्जा श्रोत भित्राउनमा स्थानीय सरकार, जनप्रतिनिधि र प्रशासनिक निकाय सँग समन्वय गर्दे अगाडी बद्ने कुँवरले बताए । चेम्बरले बागलुङमा एम्बुलेन्स सेवा सञ्चालनको समेत तयारी गरेको छ ।

समितिको महाससचिवमा नारायण पौडेल, सचिव तेजबहादुर कुँवर सन्तोष, कोषाध्यक्ष योगेश भण्डारी, सह–कोषाध्यक्ष लक्ष्मी शाक्य , सहित सदस्यहरुमा क्रमश सोम पौवी यामु, दिलप्रसाद शर्मा, महेन्द्र आचार्य, तालबहादुर कुँवर, दिपेन्द्र श्रेष्ठ, दिपेन्द्र केस,ि हरिदत्त आचार्य, हिरा भण्डारी, दिल्ली प्रसाद गौतम, ओम बहादुर खड्का (शिव), कमला पराजुली, सितादेवी सापकोटा (कँडेल) , दिपेन्द्र बहादुर घिमिरे, र सुवास आचार्य रहेका छन् ।

त्यस्तै बागलुङका चार नगरमा यसभन्दा पहिलेनै चेम्बर अफ कमर्शको स्थापना भईसकेको छ । ढोरपाटन नगरमा दिपक कुमार अदै, गल्कोटमा केयरसिँह खत्री, जैमिनीमा विष्णुप्रसाद आचार्य र बागलुङ नगरमा हरि बहादुर जिसी (सन्तोष) चयन भएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *