नरेन्द्र–लालकुमारी बचाउ अभियानमा प्रजिअ खरेल व्दारा रु १० हजार सहयोग !

बागलुङ २०७५ भदौ ६ । गम्भीर स्वास्थ्य समस्या देखिएर अस्पतालामा उपचाररत ताराखोलाका दुईजना विरामीको सहयोगको लागि ‘नरेन्द्र–लालकुमारी बचाउ अभियान’ सुरु भएको छ ।

‘ए–प्लाष्टिक एनेमिया’ रोग लागेका गीतकार ताराखोला गाउँपाािलका–५ का नरेन्द्र घर्र्ती काठमाडौको सिभिल अस्पतालमा उपचाररत छन् । त्यस्तै पेटको क्यान्सर रोग लागेकी ताराखोला गाउँपालिका–४ की लालकुमारी पाण्डेको चितवनको क्यान्सर अस्पतालमा उपचार भईरहको छ । उनीहरु दुबैजनाको आर्थिक अवस्था कमजोर रहेको र उपचारमा आर्थिक अभाव भएकाले अभियान थालिएको अभियानका संयोजक दिवश खत्री ‘पदम’ ले ईबागलुङलाई बताए ।

‘अभियानको सुरुवात हामीले बागलुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले प्रदान गर्नुभएको सहयोगबाट गरेका छौँ,’ संयोजक खत्रीले भने, ‘उहाँले आफ्नो व्यक्तिगत तर्फबाट १० हजार रुपैयाँ प्रदान गर्नुभएको छ ।’

अभियानका क्रममा विभिन्न संघ संस्था, सरकारी कार्यलय, व्यवसायी लगायत ईच्छुक व्यक्तिहरुबाट स्वैच्छिक रुपमा सहयोग जुटाईने खत्रीले बताए ।

‘जिल्लाका सरकारी कार्यालय प्रमुखको बैठकमा प्रमुख जिल्ला अधिकारीसँग समय लिएर हामीले अभियानमा आर्थिक सहयोगको अपिल गरेका थियौँ, प्रजिअले व्यक्तिगत रुपमा बैठकबाटै सहयोग प्रदान गर्नुभयो,’ खत्रीले भने, ‘जिल्लाका सम्पूर्ण सरकारी कार्यालयका प्रमुखहरुले स्वैच्छिक रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ, सुरुवातकै दिन अभियानमा देखिएको उत्साहजनक सहभागिताले हाम्रो अभियान सार्थक हुनेमा हामी ढुक्क छौँ ।’

गीतकार घर्तीका आमाबुबा छैनन् । उनी रोजगारीका लागि खाडी मुलकमा गएका थिए । उनको आधुनिक गीती एल्बम ‘समय’ मा चर्चित गायक प्रमोद खरेल तथा गायिका अन्जु पन्तले स्वर दिएका छन् । उनले सालैजो, ताराखोले नानि लगायतका गीत बजारमा ल्याईसकेका छन ।

घर्तीको उपचारका लागि २० लाख भन्दा बढी रकम खर्च भईसकेको र पूर्ण रुपमा निको हुनको लागि अझ त्यति नै रकम आवश्यक पर्ने बताईएको छ ।

ताराखोला–४ की स्थानीय महिला अगुवा लालकुमारी पाण्डेको विगत एक बर्षदेखि भईरहेको उपचारमा १४ लाख भन्दा बढी रकम खर्च भईसक पनि सुधार नभएको र उपचारका लागि अझै ठुलो रकम आवश्यक रहेको उनका श्रीमान् छमबहादुर पाण्डेलले जानकारी दिए ।

दुबैजनालाई गम्भीर स्वास्थ्य समस्या रहेको र आर्थिक अवस्था समेत कमजोर रहेका कारण सम्पूर्ण क्षेत्रबाट सक्दो सहयोग गरि उनीहरुको जीवनरक्षामा सानो भएपनि योगदान गर्न अभियानका संयोजक खत्रीले आग्रह गरेका छन् ।

अभियानको क्रममा जम्मा हुने रकमबाट दुबै जनाको उपचारको लागि बराबर खर्च गरिने उनको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *