बागलुङबाट बुर्तिबाङ जादै गरेको जीप दुर्घटना, ५ जना घाइते ४ जनाको अवस्था गम्भीर !

बिमल खड्का, बागलुङ २०७५ भदौ ५ । बागलुङ देखि बुर्तिबाङग तर्फ जादै गरेको जीप दुर्घटना भएको छ। दिउँसो बागलुङबाट पश्चिम बुर्तिबाङका लागि छुटेको लु १ ज ९२३ नम्बरको जीप वडिगाड गाउँपालिका – २ सक्न्यारको फेंदीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जीपमा सवार ५ जना मध्ये गुल्मी मालिका – २ बर्ष ५० का गंगा थापा, रुकुम उत्तर गंगा गाउँपालिका -९ का ३२ बर्षका दुलोचन बुढा,ढोरपाटन नगर- १ बर्ष ३० कि ब्रह्मकुमारी प्रतिभा र चालक धादिङ २० का अर्जुन तामाङको अवस्था गम्भीर भएकाले बडीगाड पोलिक्लिनीकमा प्राथमिक उपचार पछि थप उपचारका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ पठाइएको प्रहरी नायव निरीक्षक लाल वहादुर चौधरीले जानकारी दिए ।

अर्का घाइते बडिगाड गाउँपालिका -८ बर्ष १६ का गण शिरीषको अवस्था सामान्य रहेकाले स्थानीय हस्पिटलमा उपचार भईरहेको बताईएको छ । जीपको ब्रेक फेल भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । जीप सडक भन्दा करिब एक सय मिटर तल खसेको बताईएको छ। दुर्घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *