गायक सौगात सागर केटी काण्डमा समातिए

प्रेम सुनार, गुल्मी, २०७५ भदौ ५ । पुराना र चर्चित गायक सौगात सागर ( सुनार ) केटी काण्डमा फँसेका छन । उनलाई एक युवतीले साईवर क्राईम अपराध विरुद्धको उजुरी महानगरिय अपराध अनुसन्धान शाखा काठमाडौं टेकुमा दिए पछि ईलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो ।

‘टेकुबाट उनलाई समात्नु भन्ने आदेश आए पछि हामीले उहाँलाई फोन ग¥यौं’–वुटवल ईलाका प्रहरी कार्यालय प्रमुख डिएसपी डिलबहादुर मल्लले भने–उहाँ सजिलै आउनु भयो र हामीले अपराध महाशाखामा चलाउन गरेका छौं । ’

रुपन्देहीमा एक संगीत कम्पनी खोलेर बसेका गायक सागर यसरी केटी काण्डमा फस्ने गरेको यो भने नौलो होईन । तिमी फुल्यौं कतै , म फुले कतै , जहाँ फुले पनि हाम्रो सुगन्ध एउटै रहेछ…. र पछिल्लो चरण नजलाउँ ब्यर्थै मन… जस्ता सयौं लोकप्रिय गीत बजारमा ल्याई सकेका सुमधुर स्वरका धनी एवं युवतीहरुको नजरमा ‘हाइणर््डसम व्याय’ का रुपमा चिनिने गायक सौगात सागर केटी काण्डमा फसेको यो भने नौलो नभएको श्रोत बताउँछ ।

उनि यस अघि पनि केटी काण्डमा फस्ने गरेको श्रोतले बताएको छ । केहि महिना अघि गुल्मीको धुर्कोट गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा महानायक राजेश हमाल संगै पुगेका उनको क्रेज युवती माझ राजेश हमाल जतिकै देखिन्थ्यो ।

उनले स्टेजमा गाउँदा युवतीहरु मरिहत्य गर्दै थिए । पाल्पाका गायक एवं सञ्चारकर्मी स्वर्गिय जिडी जोन्स रियाजका नजिकका साथी सागरलाई २०६५ सालतिर गुल्मीको एक कार्यक्रममा ल्याँउदा युवतीहरुले सांकेतिक चुम्वन दिनुका साथै अंगालो हाल्न समेत आँटेका थिए । उनि जनवादी गायक पनि हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *