सार्वजनिक यातायातमा अपाँग, बहिरा, जेष्ठ नागरिक, एकल महिलालाई सुविधा नदिने माथी कार्बाही !

बागलुङ २०७५ भदौ ४ । सार्वजनिक यातायातमा कानून बमोजिम अपांग, जेष्ठ नागरिक, एकल महिलाहरुले पाउनु पर्ने सेवा सुविधाहरु पाईरहेका छैनन् । आफ्नो अधिकार बारे कुरा उठाउदा बसका स्टाफहरुबाट हुने दुव्र्यवहार तथा अपमान वोधले पीडित बनेकाहरु कतिलाई त बसका स्टाफहरुले तोकेको भाडा नतिरे वीच बाटोमै ओराली दिने सम्मको दुव्र्यवहार भोग्न बाध्य भैरहेको अवस्थामा आज २०७५ भदौ ४ गते जिल्ला प्रशासन कार्यालय बागलुङमा प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको समुपस्थितीमा भएको छलफल र कार्बाहीले अबोप्रान्त अपांग, बहिरा, जेष्ठ नागरिक, एकल महिलाहरुलाई बसका स्टाफहरुले उनिहरुले पाउने कानूनी सुविधा उपलव्ध गराउन दबाब बढेको छ ।

पर्वत सदरमुकाम कुस्मा देखी बागलुङ आउदै गरेको ग १ ख २५४७ नम्वरको बसमा यात्रा गरिहेका बागलुङ बहिरा संघका अध्यक्ष एवं धौलागिरी बहिरा आवासीय विद्यालय बागलुङका शिक्षक सन्तोष पौडेललाई बसका स्टाफले अपांगता भएका व्यक्तिहरुले पाउने कानून बमोजिमको सुविधा दिन इन्कार गरेपछी कार्बाहीको लागि गत २०७५ साउन ३१ गतेका मितिमा जिल्ला प्रशासन कार्यालय बागलुङा निवेदन (उजुरी) दिएका थिए ।

जिल्ला प्रशासन कार्यालयको पत्रानुसार आज कार्यालयमा उपस्थित भएका बस मालिक, बसका स्टाफहरु र पीडित बहिरा संघ बागलुङका अध्यक्ष पौडेल बीच भएको छलफलमा बसका मालिक, चालक एवं सहचालकले भूलबस गल्ती भएको स्वीकार गर्र्दै अब आयन्दा प्रचलित कानून बमोजिम बहिरा, अपांग, जेष्ठ नागरिक समेतलाई प्रदान गर्नु पर्ने सेवा सुविधा सहजरुपमा प्रदान गर्ने कागज लेखी अब आयन्दा यस्तो गल्तीगरे कार्बाही गरेमा भोग्न मन्जूर रहेको लिखत गरेर छुटेको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्र पन्तले जानकारी दिए ।

तस्वीर- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *